+
+
Shares

मन्त्री फेर्न कोशीका मुख्यमन्त्रीले गरे प्रधानमन्त्री र देउवासँग छलफल

क्याबिनेटका अन्य सदस्यसँग मुख्यमन्त्री कार्कीको सम्बन्ध सुमधुर छैन । सरकार र मन्त्रीको आचारणलाई लिएर सार्वजनिक रुपमा आलोचना भए पनि मुख्यमन्त्रीले मुख खोलेका छैनन् ।

हरि अधिकारी हरि अधिकारी
२०८२ साउन २५ गते १४:०२

२५ साउन, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।

आइतबार बिहान उनले प्रधानमन्त्री ओलीसँग भेटघाट गरेका हुन् । केही दिनअघि उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका थिए .

दुई शीर्ष नेतासँगको भेटमा प्रदेशका मन्त्री फेरबदलका विषयमा छलफल भएको थियो । यद्यपि मुख्यमन्त्री कार्कीले समग्र परिस्थितिको विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको बताएका छन् ।  राजनीतिक विषयमा गफगाफ भयो,’  अनलाइनखबरसँग उनले भने, ‘सरकारका कामकाजका बारेमा रिपोर्टिङ पनि ।’

देउवासँगको भेटको विषयमा उनले भने, ‘पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पनि प्रदेशको समग्र परिस्थितिका विषयमा जानकारी गराए ।’

स्रोतका अनुसार मन्त्रीमण्डल फेरबदलको विषयमा केपी ओलीले सल्लाह गरेर भनौंला भनेका छन् । देउवाले त्यही  जवाफ दिएका थिए ।

मुख्यमन्त्रीले भेटघाटका सबै विषय प्रष्ट रुपमा बताउन चाहेनन् । तर दुवै नेतासँगको भेटमा प्रदेशको मन्त्रीमण्डल परिवर्तनको विषयमा छलफल भएको स्रोत बताउँछ ।

‘कोलिसन पाटनरसँग कुरा नभई त्यस्तो कुरा टुंगिदैन । प्रधानमन्त्री र कांग्रेस सभापति देउवासँग कुरा भयो, माथिबाट कुरा नआइकन मन्त्री फेरिदैनन’, स्रोतले भन्यो, ‘यहाँको स्थीति रिपोर्टिङ भएको छ । अब उहाँहरुले सल्लाह गरेर भन्नुहुन्छ, हेरौं केही दिन ।’

मुख्यमन्त्री निकट स्रोतका अनुसार बागमती प्रदेशमा देखिएको विवादका कारण शेरबहादुर देउवाले कोशीमा केही समय मन्त्री फेरबदल रोक्न लगाएका छन् । कोशीमा पनि कांग्रेस संसदीय दलभित्र विवाद छ ।

कार्की नेतृत्वको सरकारमा पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डल क्युआर कोड पठाएर घुस मागेको आरोपमा विवादित छन् । कृषिमन्त्री खगेनसिं हाङगाम गृह जिल्ला ताप्लेजुड्डमा मान्छे कुटेका कारण विवादित बनेका थिए ।

क्याबिनेटका अन्य सदस्यसँग मुख्यमन्त्री कार्कीको सम्बन्ध सुमधुर छैन । सरकार र मन्त्रीको आचारणलाई लिएर सार्वजनिक रुपमा आलोचना भए पनि मुख्यमन्त्रीले मुख खोलेका छैनन् ।

मन्त्रिपरिषद् सदस्य घुस विवादमा मुछिदा नेकपा माओवादी केन्द्रसहित प्रतिपक्षी दलहरुले पटक-पटक मुख्यमन्त्रीको जवाफ मागे पनि उनी बोलेका छैनन् ।

मुखले भन्दा पनि कामले (मन्त्रिपरिषद् सदस्य फेरेर) जवाफ दिनका लागि मुख्यमन्त्री नबोलेको उनी निकट नेताहरु बताउँछन् ।   ‘एक वर्य पूरा भएका मन्त्री दुवै दलबाट फिर्ता हुन्छन्, हाम्रोमा केही समस्या छैन, समस्या कांग्रेसमा हो,’ एमाले संसदीय दल स्रोत भन्छ,’ माथिबाट सिग्नल आउने वितिकै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ ।’

कोशी प्रदेशमा कांग्रेसभित्र विवाद छ । वर्तमान सरकारमा डा. शेखर कोइराला समूह सहभागी छैन । अब मन्त्री परिवर्तन गर्दा संस्थापन समूहभित्र देउवा, कृष्णप्रसाद सिटौला समूहको भागबन्डा हुन्छ । इतर समूहलाई व्यवस्थापन गर्न पनि चुनौती छ ।

विवाद बढ्ने भएका कारण कांग्रेस संस्थापन समूहले कोशीमा मन्त्री फेर्नका लागि हतार गरेको छैन । तर, मन्त्रीहरु विवादमा फसेका कारण मुख्यमन्त्री कार्कीले दबाब भने बढाइरहेका छन् ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?