+
+
Shares

कोशी प्रदेश सभा : लिम्बू भाषामा सांसदको सम्बोधन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २५ गते १५:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जसपा सांसद निर्मला लिम्बूले कोशी प्रदेशसभा बैठकमा लिम्बू भाषामा सम्बोधन गरेकी छन्।
  • सरकारले लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन विधेयक संसदमा पेश गरेको छ।
  • कात्तिक २५ गते फाल्गुनानन्द लिङ्देन जयन्तीमा लिम्बू र मैथली भाषा सरकारी कामकाजमा प्रयोगमा ल्याउने तयारी छ।

२५ साउन, विराटनगर । जनता समाजवादी पार्टी (जसपा) की सांसद निर्मला लिम्बूले कोशी प्रदेश सभा बैठकमा लिम्बू भाषामा सम्बोधन गरेकी छन् ।

जसपा संसदीय दलको नेता लिम्बूले आइतबारको प्रदेश सभा बैठकमा विशेष समय लिएर लिम्बू भाषामा सम्बोधन गरेकी हुन् ।

प्रदेश सभामा लिम्बू भाषामा सम्बोधन गर्ने क्रममा उनले भाषा आयोगको सिफारिस अनुसार ढिलै भएपनि लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन लागेकोमा सरकारलाई धन्यवाद दिइन् ।

बिहीबार लिम्बु र मैथली भाषालाई सरकारी कामकाजको भाषा व्यवस्थाका लागि प्रतिपक्षी दलले पेश गरेको ‘कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ सत्तापक्षले ह्वीप लगाएर अस्वीकृत गरेको थियो ।

प्रतिपक्षीको प्रस्ताव अस्वीकृत गरेको सरकारको तर्फबाट आइतबार प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था  गर्न बनेको विधेयक’ संसदमा पेश गरे ।

अब विधेयकमाथि छलफल प्रक्रिया अघि बढ्ने छ । कात्तिक २५ गते राष्ट्रिय विभुती फाल्गुनानन्द लिङ्देनको जयन्तीको अवसर पारेर सरकारी कामकाजमा लिम्बू र मैथली भाषा प्रयोगमा ल्याउने सरकारको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?