
२५ साउन, धनगढी । कञ्चनपुरमा महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा भीमदत्त नगरपालिका- ११ कि अन्दाजी ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिए ।
उनीहरू आइतबार दिउँसो साढे १ बजेतिर नदीमा नुहाउनेक्रममा बगेर बेपत्ता भएका डीएसपी बोहराले बताए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा खोजिरहेको बेपत्ता बालिकाहरूको खोजी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4