
News Summary
Generated by OK AI. Editorially reviewed.- तेलुगु फिल्म उद्योगका कामदारहरू ८ दिनदेखि ३० प्रतिशत ज्याला वृद्धिको माग गर्दै हडतालमा छन्।
- सुपरस्टार चिरञ्जीवीले कामदारहरूलाई भेटेर समस्या समाधान गर्ने आश्वासन दिएका छन् तर अहिलेसम्म भेटेको छैनन्।
- तेलुगु फिल्म चेम्बरले मात्र सबै पक्षसँग सामूहिक छलफल गरेर निष्पक्ष समाधान गर्ने जनाएको छ।
मुम्बई । भारतको तेलुगु फिल्म उद्योगका कामदारहरू विगत ८ दिनदेखि हडतालमा छन् । उनीहरूले पारिश्रमिक वृद्धिको माग गरेका छन् ।
दक्षिण भारतीय सुपरस्टार चिरञ्जीवीले कामदारहरूलाई भेटेर माग पुरा गर्ने आश्वासन दिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
यद्यपि, चिरञ्जीवीले यी रिपोर्टहरूलाई निराधार भनेका छन् । आफूले अहिलेसम्म कामदारहरूलाई नभेटेको तर, भेटेर समस्या समाधानमा पहल गर्ने बताएका छन् ।
उनी अघि लेख्छन्, ‘तेलुगु फिल्म उद्योगको सर्वोच्च निकाय फिल्म चेम्बर हो र फिल्म चेम्बरले मात्र सबै सम्बन्धित पक्षहरूसँग सामूहिक रूपमा छलफल गर्नेछ र निष्पक्ष समाधानमा पुग्नेछ ।’
तेलुगु उद्योग मजदुर महासंघले ३० प्रतिशत ज्याला वृद्धिको माग गर्दै अगस्टको पहिलो हप्तादेखि हडताल सुरु गरेको छ । यो हडतालका कारण तेलुगु फिल्मको छायांकन रोकिएको छ ।
मजदुरहरूले आफ्नो तलब नबढेसम्म छायांकन सुरु नगर्ने माग गरिरहेका छन् ।
कामदारको तलब बढाउने विषयमा तेलुगु फिल्म चेम्बर र तेलुगु फिल्म निर्माता परिषद् र श्रमिक महासंघबीच केही महिनादेखि छलफल भइरहेको छ । तर, लामो छलफलपछि पनि कुनै नतिजा निस्कन सकेको छैन ।
प्रतिक्रिया 4