
२६ साउन, काठमाडौं। सभामुख देवराज घिमिरेले कुलिङ पिरियडको गडबडी प्रतिवेदन त्रुटि भएकोबारे छलफल गरेका छन् ।
सोमबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा सत्तारुढ एमाले मुख्य सचेतक महेश कुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयसँग छलफल गरेका हुन् ।
सभामुखले समितिको प्रतिवेदन कार्यान्वयन गरी राज्यव्यवस्था तथा सुशासन समितिको कामलाई गति दिनुपर्ने बताए । कतिपय महत्त्वपूर्ण विधेयक समितिमा विचाराधिन रहेको बताउँदै उनले दलहरूलाई साझा धारणा बनाउन आग्रह गरेका छन् ।
राज्यव्यवस्था समितिको कामलाई प्रभावकारी बनाउन नयाँ सचिवकोरुपमा सहसचिव कान्छा दुलाललाई जिम्मेवारी दिएको बताउँदै समितिको काम अब धेरै समय रोक्न नसकिने उल्लेख गरे ।
नेताहरूले प्रमुख दलहरूको सुझावका आधारमा निर्णय गर्न सभामुखलाई सुझाव दिए ।
सभामुखले गएको शुक्रबार सचिवालयका कानून सहसचिव लक्ष्मीप्रसाद गौतम र कार्यव्यवस्था महाशाखा प्रमुख सहसचिव एकराम गिरीसँग विशेष समितिको प्रतिवेदन कार्यान्वयनका विषयमा परामर्श गरेका थिए ।
सभामुखले भोलि पनि अलग अलग सुझाव लिने काम सकिएपछि संयुक्त बैठक गर्ने तयारी गरेका छन् ।
प्रतिक्रिया 4