+
+
Shares

माथिल्लो तामाकोशीको जलाशय सफा गरिँदै, तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १४:५२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको जलाशय ३१ साउन शनिबार बिहान ५ बजेदेखि राति ८ बजेसम्म सफा गरिने भएको छ।
  • जलाशय सफाइका कारण तामाकोशी नदीमा पानीको सतह घटबढ हुने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

२९ साउन, काभ्रेपलाञ्चोक । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको जलाशय सफा गरिने भएको छ । जलाशय क्षेत्र सफा गरिने भएकोले नदी तटीय क्षेत्र आसपासका स्थानीयलाई सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।

आगामी ३१ साउन शनिबार बिहान ५ बजेदेखि राति ८ बजेसम्म जलाशय क्षेत्र सफाइ गरिने भएकोले तामाकोशी नदीमा पानीको सतह घटबढ हुने भएकाले नदी तटीय क्षेत्रका बासिन्दान्दालाई सतर्कता अपनाउन आग्रह गरिएको हो ।

आयोजनाले एक सूचना प्रकाशन गर्दै दिनभरि पानीको सतह घटबढ हुने भएकाले तामाकोशी क्षेत्र लामाबगर, छ्योतछ्योत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सुनकोशी नदी दोभानसम्म सतर्कता अपनाउन आग्रह गरिएको जलविद्यतु केन्द्रको प्रवर्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले जानकारी दिए ।

दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युतको जलाशय सफा गर्ने दिनभरि विद्युत् उत्पादन समेत बन्द हुने जनाएको छ ।

बर्खाको समयमा बाढीका कारण जलाशयमा बालुवा, गिट्टी, गेगर थुप्रिएकाले सफा गर्न लागिएको बताउॅदै सरसफाइ अवधिभर तामाकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, वस्तुभाउ लैजाने, गिटीबालुवा निकाल्ने, गाडी तार्ने जस्ता कार्यहरू नगर्न र नगराउन आग्रह गरेको छ ।

नदी किनारमा परम्परा अनुसार मृतकहरूको दाहसंस्कार वा धार्मिक संस्कार गर्नुपर्दा सतर्कतापूर्वक सावधानीका साथ गर्नरगराउन समेत आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?