+
+
WC Series
पोखरा एभेन्जर्स 2025
37/2 (6.1)
VS
८३ बलमा १२९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

पर्यटन विभागका निर्देशक यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १६:४३

२९ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक सचिन्द्र कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले आर्जन गरेको ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसा बराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको भन्दै आयोगले विहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार यादवले सार्वजनिक पदमा रहँदा गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति पत्नी आशा कुमारी यादवको नाममा राखेको देखिएको छ । त्यसैले उनीविरुद्ध सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. समेतका प्रचलित कानून बमोजिम जफत गर्ने प्रयोजनार्थ आशा कुमारी यादवलाई समेत प्रतिवादी कायम गरी आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

पर्यटन विभागका निर्देशक (सी.डी.ई.) यादवले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनका सम्बन्धमा आयोगले अनुसन्धान अघि बढाएको थियो ।

यादवको शुरू नियुक्ति भएको मिति २०६६ जेठ २४ गतेदेखि २०७९ साउन २९ गतेसम्मको जाँच अवधिमा उनको र उनको एकाघर परिवारका सदस्यहरूले कूल.२ करोड ६८ लाख १८ हजार ९ सय रुपैयाँ ७२ पैसा आर्जन गरेको देखिएको आयोगले दायर गरेको मुद्दामा उल्लेख छ ।

आयोगका अनुसार सोही जाँच अवधिमा उनको खर्च र बैंक मौजदात समेत गर्दा ३ करोड ६५ लाख ४ हजार ४५३ रुपैयाँ ९१ पैसा खर्च तथा लगानी गरेको देखिएको छ ।

त्यसैले जाँच अवधिमा उनको ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसा बराबरको सम्पत्ति (खर्च तथा लगानी) को स्रोत पुष्टि नभएको आयोगको ठहर छ । त्यसैले आयोगले त्यति नै रकम विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?