+
+
Shares

नारायणगढ–मुग्लिन सडकमा गुडिरहेको ट्रकमाथि खस्यो ढुंगा, ३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १६:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा तुइन खोला नजिकै भारतीय ट्रकमाथि ढुंगा खस्दा ३ जना घाइते भएका छन्।
  • घाइतेमध्ये ट्रक चालक मेगुप्रसादको टाउकोमा गम्भीर चोट लागेको छ र उनीहरूलाई भरतपुर अस्पतालमा उपचारका लागि पठाइएको छ।
  • ढुंगा खस्दा ट्रकमा क्षति पुगेको र केही समय सडक एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

२९ साउन, काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिकै एक भारतीय ट्रकमाथि ढुंगा खस्दा ३ जना घाइते भएका छन् ।

नारायणगढबाट काठमाडौं आउँदै गरेको केए ४३-६८५६ नम्बरको भारतीय ट्रकमा सडकमाथिबाट बिहीबार दिउँसो ढुंगा खसेको थियो ।

घाइते हुनेमा ट्रक चालक भारतको ब्याङ्लोर बस्ने करिब ४५ वर्षीय मेगुप्रसाद, सोही ठाउँका २१ वर्षीय नहमान धुनियाँ र ट्रक चालकका छोरा १८ वर्षीय सयद अफिद रहेका छन् । ट्रक चालक मेगुको टाउकोमा गम्भीर चोट लागेको छ ।

घाइते तीनै जनालाई उद्धार गरी उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

सडकमाथिबाट ढुंगा खस्दा ट्रकमा समेत क्षति पुगेको थियो । ट्रकमा क्षति पुगेका कारण केही समय सडक एकतर्फीमात्र सञ्चालनमा थियो । तर  सडकमा खसेको ढुंगा हटाएर अहिले सडक दुईतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?