
२९ साउन, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले ललितपुर बखुन्डोलस्थित सारंग हेल्थ केयर प्रालिसँग विशेष सम्झौता गरेको छ ।
सम्झौता अन्तर्गत एनआईएमबी डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरू र एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) प्रयोगकर्ताहरूले सारंग हेल्थ केयरको स्वास्थ्य सेवामा विशेष छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।
यस विशेष छुट लिन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एपमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।
सम्झौता अनुसार बैंकका ग्राहकले ल्याब सेवामा १० देखि १५ प्रतिशतसम्म छुट, कल्चर तथा विशिष्ट परीक्षणमा ७ प्रतिशत छुट पाउनेछन् । त्यस्तै ईसीजी, यूएसजी, इको, इन्डोस्कोपी, कोलोनोस्कोपी र कोल्पोस्कोपी सेवामा पनि ७ प्रतिशत छुट पाउन सक्नेछन् ।
बैंकले आफ्ना ग्राहकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विभिन्न स्वास्थ्य संस्थासँग सहकार्य गर्दै आएको छ । यस किसिमका सहकार्यले ग्राहकलाई सहज र किफायती दरमा गुणस्तरीय स्वास्थ्य सेवा लिन मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया 4