+
+
Shares

१२ वर्षपछि मध्यपुरमा निकालियो नग:देश भैरव जात्रा (तस्वीरहरू)

मध्यपुर थिमिमा नेवार समुदायले बजाउने धाँ बाजा, भुस्या बाजा, च्वाङ्वागालगायतका बाजाको तालमा भैरवलगायत देवगणहरुले नाच प्रस्तुत गर्ने गरिन्छ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ साउन ३० गते १८:३७

३० साउन, काठमाडौं। मध्यपुर थिमिमा १२ वर्षपछि निकालिएको नग:देश भैरवको जात्रा आज सकिएको छ ।

गत सोमबारदेखि सुरु भएको जात्रा बिहीबार राति नग:देश परिक्रमापछि सम्पन्न भएको नगदेश तान्त्रिक भैरवको भैरव गुरू कृष्णभक्त घाँजुले बताए ।

उनका अनुसार तान्त्रिक तथा नेवार परम्परामा आधारित सांस्कृतिक नाँचमा ज्यापुंगचा, न्हापा भैल, लिपा भैल, न्हापा दागिं, लिपा दागिं गरी पाँच देवगणले विशेष प्रकारको नाच प्रस्तुत गरिन्छ ।

उनले भने, ‘वर्षा र सहकाल, रोगव्याधिबाट बच्न-बचाउन तथा प्राकृतिक प्रकोपजस्ता विपदमा बच्न यो नाच प्रस्तुत गर्ने गरिन्छ।’

नेवार समुदायले बजाउने धाँ बाजा, भुस्या बाजा, च्वाङ्वागालगायतका बाजाको तालमा भैरवलगायत देवगणहरुले नाच प्रस्तुत गर्ने गरिन्छ।

उनका अनुसार परापूर्वकालमा काठमाडौं उपत्यका नागहरुुको देश भएको र त्यतिबेलादेखि नेवारहरुको बसोबास रहँदै आएको छ ।

हेर्नुहोस् तस्वीरहरू :

 

 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?