
News Summary
Generated by OK AI. Editorially reviewed.- देशभरि तारे तथा पर्यटकीय स्तरका होटल/रिसोर्ट संख्या ३ सय ४७ पुगेको छ।
- बागमती प्रदेशमा २ सय ३९ वटा होटल/रिसोर्ट दर्ता भएका छन् र सबै लक्जरी रिसोर्ट त्यही छन्।
- कर्णाली र सुदूरपश्चिममा पाँचतारे होटल अहिलेसम्म छैनन् र आतिथ्य सेवाको लगानी दयनीय अवस्थामा छ।
३० साउन, काठमाडौं । देशभरि तारे तथा पर्यटकीय स्तरका होटल/रिसोर्ट संख्या ३ सय ४७ पुगेको छ ।
पर्यटन विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ सम्म उक्त संख्यामा स्तरीय होटल दर्ता तथा नवीकरण भएका छन् । यसरी खुलेको होटल/रिसोर्ट बागमती प्रदेशमा केन्द्रित छन् ।
उता कर्णाली र सुदूरपश्चिममा आतिथ्य सेवाको लगानी दयनीय अवस्थामा देखिन्छ । कर्णालीमा २ सय ३९ वटा होटल/रिसोर्ट दर्ता भएका छन् ।
तथ्यांक अनुसार देशभरि पाँचतारे होटल संख्या २७ पुगेको छ । कर्णाली र सुदूरपश्चिममा अहिलेसम्म एउटा पनि पाँचतारे होटल पुगेको छैन । कोशीमा १, मधेशमा १, बागमतीमा १९, गण्डकीमा २ र लुम्बिनीमा ४ वटा पाँचतारे होटल रहेको विभागको तथ्यांक छ ।
गत आवमात्र ६ वटा पाँचतारे होटल थप भएको तथ्यांकमा देखिन्छ । पाँचतारे डिलक्स होटल संख्या ३ पुगेको छ । कोशीमा १ र बागमतीमा २ होटल पाँचतारे डिलक्स स्तरका छन् । पाँचतारे लक्जरी बुटिक/हेरिटेज होटल संख्या ३ छ । यी सबै रिसोर्ट बागमती प्रदेशमा छन् ।
यसैगरी चारतारे होटल संख्या देशभरि ४० छ । सबै प्रदेशमा चारतारे होटल विस्तार भएका छन् । कर्णाली र सुदूरपश्चिममा १/१ वटा चारतारे होटल छन् । कोशीमा २, मधेश ३, बागमती १०, गण्डकी ७ र लुम्बिनीमा १६ वटा चारतारे होटल खुलेका छन् । चारतारे डिलक्स/हेरिटेज होटल संख्या ४ छ । यी सबै रिसोर्ट बागमती प्रदेशमा छन् ।
तीनतारे होटल संख्या ३७ पुगेको छ । यसमध्ये कोशीमा २, मधेश २, बागमती २८, गण्डकी २ र लुम्बिनीमा ३ होटल छन् । दुईतारे होटल ४९ छन् । कोशीमा १, मधेश ४, बागमती ३३, गण्डकी ८, लुम्बिनीमा ३ वटा दुईतारे होटल छन् ।
त्यस्तै एकतारे होटल ४४ वटा पुगेका छन् । तीमध्ये कोशीमा २, मधेश २, बागमती ३१, गण्डकी ३, लुम्बिनी ३ र सुदूरपश्चिममा ३ वटा एकतारे होटल रहेको तथ्यांक छ ।
यसैगरी साधारण रिसोर्ट संख्या १ सय २७ छ । जसमध्ये बागमतीमा १ सय, कोशी ४, गण्डकी १९ र लुम्बिनीमा ४ वटा छन् । डिलक्स रिसोर्ट ९ छन् । बागमतीमा ५, गण्डकी ३ र लुम्बिनीमा १ छन् ।
लक्जरी रिसोर्ट ३ रहेकोमा सबै बागमतीमा छन् । तीनतारे स्तरका नर्मल हेरिटेज बुटिक होटल संख्या एउटा छ । जुन बागमती प्रदेशमा छ । यस प्रकार स्तरीय होटल कोशीमा १३, मधेश १३, बागमती २ सय ३९, गण्डकी ४४, लुम्बिनी ३४, कर्णाली १ र सुदूरपश्चिममा ४ वटा रहेको विभागको तथ्यांक छ ।
प्रतिक्रिया 4