
३० साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार दिउँसो राजधानीको एक चिया पसलमा देखा परिन् ।
पछिल्लो समय राजनीतिमा सक्रिय हुने घोषणा गरेसँगै चर्चाको शिखरमा रहेकी भण्डारी शंखमुलस्थित एक चिया पसलमा पुगेकी हुन् ।
युवा उद्यमीहरूले गरेको नयाँ व्यवसाय, उनीहरूका समस्या र चासोबारे बुझ्न उनी चियापसलमा पुगेको उनी निकटस्थहरूले बताएका छन् ।
चिया पसल सञ्चालन गरिरहेकामध्ये एक व्यवसायीका अनुसार, उनले नेपालीपन र नेपाली उत्पादनलाई प्राथमिकता दिन सल्लाह दिएकी थिइन् ।
यस्ता व्यवसायलाई लिएर युवाहरू थप क्रियाशील बन्न राज्य लाग्नुपर्ने उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4