+
+
Shares

पाकिस्तानमा पछिल्लो २४ घण्टामा बाढी र डुबानबाट २०० बढीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३० गते १९:५९
Photo Credit : खैबर पख्तुनख्वा सरकार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भारी मनसुनी वर्षासँगैको बाढी र आकस्मिक डुबानमा २४ घण्टामा २०० भन्दा बढीको मृत्यु भएको छ।
  • बजौर जिल्लामा बाढीले धेरै घर बगाएको र सहायता बोकेको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।
  • खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमिन गंडापुरले बाढीबाट भएको विनाशप्रति दुःख व्यक्त गर्दै शनिबार प्रान्तभरि शोकको घोषणा गरेका छन्।

काठमाडौं । पाकिस्तानमा भारी मनसुनी वर्षासँगैको बाढी र आकस्मिक डुबानबाट पछिल्लो २४ घण्टामा २०० भन्दा बढीको मृत्यु भएको छ ।

विपद् व्यवस्थापन निकायका अधिकारीहरूका अनुसार बाढीका कारण थुप्रै मानिस भत्किएका घरको भग्नावशेषमा फसेका छन् ।

खैबर पख्तुनख्वा प्रान्त विपद् प्रवन्ध प्राधिकरणका अनुसार बिहीबार प्रान्तको विभिन्न जिल्लामा भारी वर्षापछिको बाढी र डुबानमा परी २०० भन्दा बढीको मृत्यु भएको छ ।

बाढीले उत्तरपश्चिमी बाजौर जिल्लामा धेरै घरहरू बगाएको छ ।

बजौर क्षेत्रमा सहायता बोकेको हेलिकप्टर दुर्घटनामा परेको छ । हेलिकप्टर दुर्घटना हुँदा दुई जना पाइलटसहित ५ जनाको मृत्यु भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

बाढी र वर्षाबाट भएको विनाशप्रति दुःख व्यक्त गर्दै खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमिन गंडापुरले भोलि शनिबार प्रान्तभरि शोकको घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?