
News Summary
Generated by OK AI. Editorially reviewed.- चिनियाँ विदेश मन्त्री वाङ यी १८ देखि २० अगस्टसम्म भारत भ्रमण गर्नेछन्।
- भारत र चीनबीच सीमा क्षेत्रसम्बन्धी विशेष प्रतिनिधिहरूको २४औँ चरणको वार्ता हुनेछ।
- वाङ यी सीपीसी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य र चीन-भारत सीमा मामिलाका विशेष प्रतिनिधि हुन्।
३१ साउन, काठमाडौं । चिनियाँ विदेश मन्त्री वाङ यी तीन दिने भ्रमणका लागि भारत जाने भएका छन् ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले दिएको जानकारी अनुसार, भारत र चीनबीच सीमा क्षेत्रसम्बन्धी विशेष प्रतिनिधिहरूको २४औँ चरणको वार्ता हुँदैछ । उक्त बैठकमा विदेशमन्त्री वाङ यी पनि सहभागी हुनेछन् ।
मन्त्रालयका अनुसार भारतको निमन्त्रणामा विदेश मन्त्रीको यो यात्रा १८ देखि २० अगस्टसम्म हुनेछ ।
‘अगस्ट १८ देखि २० सम्म सीपीसी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य, विदेश मन्त्री र चीन-भारत सीमा सम्बन्धी चीनका विशेष प्रतिनिधि वाङ यी भारत भ्रमण गर्नेछन्’ चिनियाँ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भारतीय पक्षको निमन्त्रणामा चीन र भारतका विशेष प्रतिनिधिहरूबीच सीमा सम्बन्धी २४औँ चरणको वार्ता गर्नेछन् ।’
वाङ यी सीपीसी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य हुन् । साथै, उनी चीन-भारत सीमा मामिलाका चीनका विशेष प्रतिनिधि पनि हुन् ।
प्रतिक्रिया 4