+
+
Shares

विपक्षीको बैठकमा रास्वपाको प्रस्ताव- उपसभामुखको एजेन्डा जनतासामु पुर्‍याऔं

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते १६:३७

३ भदौ, काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानाको एजेन्डालाई जनतासामु लानुपर्ने प्रस्ताव गरेको छ ।

मंगलबार दिउँसो नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकमा रास्वपाले यस्तो प्रस्ताव राखेको हो ।

बैठकमा रास्वपाको तर्फबाट बैठकमा उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए ।

बैठकमा अर्यालले राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘ यो एजेन्डालाई जनतामा लैजाऔं । विपक्षीहरूले हामीलाई साथ दिनुस् ।’

पटकपटक उपसभामुखको विषयलाई लिएर आफ्नो पार्टीमाथि सत्ताबाट प्रहार भइरहेको भन्दै अन्तर्राष्ट्रिय रुपमा नै स्थापित महिलामाथि भएको यो खालको व्यवहार ठिक नभएको अर्यालको भनाइ थियो ।

‘यो पटकपटक झम्टने काम सरकारको तर्फबाट भइरहेको छ । यो भन्दा पहिला पनि आएको थियो । एउटा महिला त्यहाँमाथि अन्तर्राष्ट्रिय रुपमा स्थापित महिलालाई गरिएको यो व्यवहार बेठिक छ,’ बैठकमा अर्यालले भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?