
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा सुरु भएको नाडा अटो शो २०२५ मा दुई पाङ्ग्रे सवारीमा बढी आकर्षण देखिएको छ।
- हिरोले नाडा अटो शोमा चार नयाँ मोडेल सार्वजनिक गरेको छ, जसमा जुम–१२५ र स्प्लेन्डर–१२५ बिक्रीमा राखिएका छन्।
- यामाहा र जोनसोनले पनि नयाँ मोटरसाइकल मोडेलहरू सार्वजनिक गरेका छन् र अवलोकनकर्ताको भिड लागेको छ।
३ भदौ, काठमाडौं। नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२५’ मा दुई पाङ्ग्रे सवारीमा बढी आकर्षण देखिएको छ ।
आजदेखि काठमाडौं भृकुटीमण्डपमा सुरु भएको अटो शोको पहिलो दिन नै सवारीसाधन पारखीको भिड लागेको छ, जसमा विशेषगरी दुई पाङ्ग्रे सवारीमा अवलोनकर्ताको उल्लेख्य आकर्षण देखिएको छ । यस पटकको शोमा दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनीहरूको सहभागिता भने कम छ ।
शोमा राखिएका मोटरसाइकल र स्कुटरले युवा वर्गलाई विशेष रूपमा तानेको देखिन्छ । अवलोकनकर्ताले नयाँ मोडेलका दुई पाङ्ग्रे सवारीको जानकारी लिने र खरिदका लागि बुकिङ गर्ने कार्यमा उत्साह देखाएका छन् ।
विगतका वर्षहरूमा दुई पाङ्ग्रे सवारीका स्टलले भरिभराउ हुने नाडा अटो शोमा यसपटक भने अवस्था फरक देखिएको छ । यस पटकको प्रदर्शनीमा हिरो, रोयल इन्फिल्ड, जोन्सन र यामाहा गरी जम्मा ४ वटा मात्र दुई पाङ्ग्रे सवारी ब्रान्डले सहभागिता जनाएका छन् । जसका कारण शो केही खल्लो महसुस भएको छ ।
कम्पनीहरूको सीमित उपस्थितिबीच दुई पाङ्ग्रे सवारीसाधन अवलोकन गर्ने र जानकारी लिनेको भिड लागेको छ, जसले बजारमा यी सवारीसाधनको माग र लोकप्रियता स्पष्ट पार्छ ।
हिरोका ४ नयाँ मोडेल
नाडा अटो शोमा हिरोले ४ नयाँ मोडेलका बाइक तथा स्कुटर सार्वजनिक गरेको छ । हिरोको अधिकृत विक्रेता सीजी मोटर्सले हिरो जुम–१२५, स्प्लेन्डर–१२५, एक्सपल्स २१० र जुम–१६० सार्वजनिक गरेको हो । चारमध्ये जुम–१२५ स्कुटर र न्यू स्प्लेन्डर १२५ सीसी बिक्रीमा राखिएको छ । हिरो जुम १२५ स्कुटरको मूल्य ३ लाख ९ हजार ९ सय र स्प्लेन्डर १२५ को २ लाख ६६ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
१२४.६ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन रहेको हिरो जुम स्कुटरले ७.३ किलोवाट पावर र १०.४ एनएम टर्क जेनेरेट गर्छ । यो स्टुकरमा एलईडी प्रोजेक्टर हेडल्याम्प, फाल्कन इन्सपायर पोजिसन लाइट, टर्न बाई टर्न नेभिगेसन र यूएसबी चार्जिङ पोर्ट जस्ता फिचर छन् ।
त्यस्तै सुपर स्प्लेन्डरमा १२४.७ सीसी सिंगल सिलिन्डर एयर कुल्ड बीएस ६ इन्जिन छ । यसले अधिकतम १०.७ बीएचपी र १०.६ एनएम पीक टर्क जेनेरेट गर्छ ।
५ स्पीड गेयरबक्स जडान गरिएको सुपर स्प्लेन्डरमा तेल ट्यांकीको क्षमता १३ लिटर छ । यसमा एक्सटेकमा एलईडी हेडलाइट, एलईडी डीआरएल लाइट दिइएको छ । टर्न इन्डिकेटर र टेल ल्याम्प हलोजिन बल्बमा रहेको छ । यसमा रियल टाइम माइलेज, साइड स्ट्यान्डका इन्डिकेसन, हाई बिम र फ्युल कम भए÷नभएको हेर्न सकिने व्यवस्था छ ।
हिरोको एक्सपल्स २१० बाइक र जुम १६० स्कुटर भने डिस्प्लेमा मात्रै राखिएको हो । एक्सपल्स–२१० बाइकमा ४ स्ट्रोक ४ भल्भ सिंगल सिलिण्न्डर, एलसी, डीओएचसी र लिक्विड कुल्डको २१० सीसी क्षमताको इन्जिन छ ।
यो मोटरसाइकलमा फ्रन्टमा ४३ एमएम फुल्ली एड्जस्टेबल यूएसडी फर्क पाउन सकिन्छ । यो मोटरसाइकलमा इन्ड्युरो स्टाइल टेल सेङसन, स्वीचेबल च्यानल एबीएस ओडोमिटर, गियर इन्डिकेटर र बाई टर्न नेभिगेसन देखिने ४.२ इन्चको टीएफटी इन्स्ट्र्ुमेन्ट क्लस्टर उपलब्ध छ । यो बाइक अहिले डिस्प्ले मात्रै गरिएको र बजारमा आउन केही समय कुर्नुपर्ने कम्पनीले जनाएको छ ।
त्यस्तै जुम १६० स्कुटरमा १५६ सीसीको ४ भल्भ सिंगल सिलिन्डर एसओएचसी लिक्विड कुल्ड इन्जिन छ । जसले १०.९ किलोवाट पावर र १४ एनएम टर्क उत्पादन गर्छ । यसमा आई थ्रीएस साइलेन्ट, स्मार्ट कि पल्स, डुअल च्याम्बर एलईडी हेडल्याम्प र लङ भाइजर एन्ड टुरिङ बक्स जस्ता आधुनिक फिचर छन् । यो स्कुटर समेत बजार आउन केही समय कुर्नुपर्ने कम्पनीले जनाएको छ ।
यामाहाका २ नयाँ मोटरसाइकल
यामाहाका दुई नयाँ मोडेलका मोटरसाइकल सार्वजनिक भएको छ । नाडा अटो शोमा नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू राइड्सले यामाहा एमटी–१५ भी २ र एफजेड एस भी ३ डीएलएक्सको नयाँ मोडेल सार्वजनिक गरेको हो ।
एमटी १५ सेतो र ग्रे रङ तथा एफजेड भी–३ सेतो रङमा सार्वजनिक गरिएको हो । एमटी–१५ को मूल्य ५ लाख ५७ हजार ९ सय र एफजेड भी–३ को ४ लाख १२ हजार ९ सय तोकिएको छ । यो मुल्य अटो शोका लागि मात्रै राखिएको कम्पनीले जनाएको छ । दुई दिनपछि क्रमशः ५ लाख ६९ हजार ९ सय र ४ लाख १५ हजार ९ सय हुने कम्पनीले जनाएको छ ।
यी दुवै मोडेलका बाइकले विश्वव्यापी रूपमा पहिचान दिने र राइडरहरूलाई नयाँ ट्रेन्ड सेट गर्ने कम्पनीको विश्वास छ ।
जोनसोनका मोटरसाइकल
अटो शोमा चाइजिन ब्रान्ड जोनसोनका मोटरसाइकल समेत प्रदर्शनमा राखिएका छन् । ज्योति समूह अन्तर्गतको स्यामुकापुले जेडएस२००जीवाई–४, ५ लगायतका ब्रान्डका बाइक प्रदर्शनमा राखेको हो । ती बाइक अवलोकन गर्नेहरूको पनि भिड देखिएको थियो ।
हेर्नुहोस् थप तस्वीरहरू :
प्रतिक्रिया 4