+
+
Shares

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते ७:०७

६ भदौ, काठमाडौं । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आज बिहान जारी गरेको बुलेटिनमा लेखिए अनुसार आज दिउँसो  कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराई र पहाडी भूभागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ । अन्य स्थानमा भने मध्यम वर्षाको सम्भावना छ ।

यसैगरी आज राति पहाडी भूभागका केही स्थानहरूमा र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको पनि हुनसक्ने विभागले जनाएको छ ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ ।

गएराति सुर्खेतको गोठीकाँडा, सुर्खेत एयरपोर्ट, पश्चिम रुकुमको बाँफीकोट, पर्वतको कुस्मा, कास्कीको लुम्ले र रिवान, लमजुङको भुजुङ र खुदिबजार, सिन्धुपाल्चोकको बोल्डे, काठमाडौंको सुन्दरीजल, धनकुटाको पाख्रिबास र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको थियो ।

गएराति काठमाडौंको गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको थियो । त्यसैले विभागले जोखिम क्षेत्रका बासिन्दाका मोबाइलमा एसएमएस पठाएर सतर्कता अपनाउन भनेको थियो ।

त्यसैगरी रुपन्देही जिल्लास्थित लुम्बिनी वर्षामापन केन्द्रमा पनि भारी वर्षा मापन भएको थियो । त्यसैले सो क्षेत्र भई बहने ससाना खोलाहरूमा बहाव बढ्न सक्ने भन्दै तटीय क्षेत्रमा रहेकाहरुलाई सतर्कता अपनाउन भनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?