
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष सीए आनन्द राज शर्मा वाग्ले नियुक्त भएका छन्।
- बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले वाग्लेलाई शुक्रबार शपथ गराएका छन्।
- धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बोर्डमा सदस्य पठाउने व्यवस्था छ।
६ भदौ, काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका तर्फबाट उपाध्यक्ष सीए आनन्द राज शर्मा वाग्ले नियुक्त भएका छन् । वाग्लेलाई बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले शुक्रबार शपथ गराएका छन् ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको सदस्यमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका प्रतिनिधि रहने व्यवस्था रहे बमोजिम वाग्ले सदस्यका रूपमा मनोनयन भएका हुन् ।
धितोपत्र बोर्ड सञ्चालक समितिमा अर्थ मन्त्रालय, कानुन मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ, उद्योग वाणिज्य महासंघबाट १–१ जनाले प्रतिनिधित्व गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4