+
+
Shares

शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब बचतमा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते १६:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आर्थिक वर्ष २०८१/८२ मा नेपाल राष्ट्र बैंकले शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँ बचतमा रहेको जनाएको छ।
  • यस वर्ष निर्यातले कीर्तिमान राख्दा आयात अपेक्षित बढ्न सकेन र रेमिट्यान्स आप्रवाहले पनि कीर्तिमान राखेको छ।
  • चालु खाता ४ अर्ब ९ अर्ब २० करोड बचतमा रहेको र प्रत्यक्ष वैदेशिक लगानी १२ अर्ब २ करोड भित्रिएको तथ्यांक छ।

८ भदौ, काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्यांक अनुसार यस वर्ष अघिल्लो आव २०८०/८१ को तुलनामा शोधनान्तर स्थिति बचत अझ बढेको हो ।

सो आवमा ५०२ अर्ब ४९ करोडले बचतमा थियो । मुलुकबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रने रकम बढी हुँदा शोधनान्तर बचत निरन्तर बचतमा छ । यस्तो बचत चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा बचतमा जान्छ ।

निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो । शोधनान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ भने घाटा भएमा विदेशी मुद्रा बाह्य प्रवाह बढी हुन जान्छ ।

शोधनान्तर खाताले चालु खाता र पुँजी तथा वित्तीय खातामा गैरआवासीय व्यक्ति तथा संस्थासँग भएको कारोबारलाई समेट्छ । यस वर्ष निर्यातले कीर्तिमान राखेको थियो भने आयात अपेक्षित बढ्न सकेको थिएन ।

पर्यटकबाट हुने आय समेत वृद्धि भएको छ । रेमिट्यान्स आप्रवाहले कीर्तिमान राखेको छ । जसले गर्दा शोधनान्तर स्थिति बचतमा पुगेको हो । अमेरिकी डलरमा ४ अर्ब ३७ करोडले शोधनान्तर स्थिति बचतमा छ । अघिल्लो वर्ष ३ अर्ब ७७ करोडले बचतमा थियो ।

यस वर्ष चालु खाता ४ अर्ब ९ अर्ब २० करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष चालु खाता २ खर्ब २१ अर्ब ७१ करोडले बचतमा थियो । अमेरिकी डलरमा ३ अर्ब १ करोडले चालु खाता बचतमा छ ।

अघिल्लो वर्ष १ अर्ब ६७ करोडले बचतमा थियो । यस वर्ष खुद पूँजीगत ट्रान्सफर ९ अर्ब ८४ करोड रहेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ५ अर्ब ८१ करोड थियो । यस वर्ष प्रत्यक्ष वैदेशिक लगानी १२ अर्ब २ करोड भित्रिएको छ । अघिल्लो वर्ष ८ अर्ब ४७ करोड मात्र एफडीआई आएको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?