
८ भदौ, काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघको केन्द्रीय कार्यालय राजधानीको सुन्धारास्थित सीटीसी मलमा स्थानान्तरण भएको छ ।
महासंघको नयाँ केन्द्रीय कार्यालय उद्घाटन आइतबार नेकपा एमाले नेता तथा पूर्वमन्त्री भानुभक्त ढकालले गरे ।
महासंघका केन्द्रीय अध्यक्ष भगिरथ सापकोटाले सीटीसी मलको दोस्रो तलामा रहेको केन्द्रीय कार्यालयबाट महासंघका सबै प्रशासनिक काम थालिएको जानकारी दिए ।
महासंघले राजनीतिक दल, प्रशासन, निजी क्षेत्र र मिडिया क्षेत्रबीच पुलको काम गर्दै आएको अध्यक्ष सापकोटाले बताए । महासंघको वर्तमान कार्यसमिति ९९ सदस्यीय छ ।
२०६९ सालमा स्थापाना भएको महासंघमा हाल २५ हजार सदस्य छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4