+

अभ्यास टी-२० : साउथ अस्ट्रेलियाले नेपाललाई दियो प्रतिस्पर्धात्मक लक्ष्य

२०८२ भदौ  १२ गते १२:०० २०८२ भदौ १२ गते १२:००
अभ्यास टी-२० : साउथ अस्ट्रेलियाले नेपाललाई दियो प्रतिस्पर्धात्मक लक्ष्य

१२ भदौ, काठमाडौं । अस्ट्रेलिया टुरमा रहेको नेपालले साउथ अस्ट्रेलिया (एसए)सँगको दोस्रो अभ्यास टी-२० खेल जित्न प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ ।

पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाउँदै नेपाललाई १६१ रनको लक्ष्य दिएको हो ।

साउथ अस्ट्रेलियाका रायन किङले सर्वाधिक ३९ रन बनाए । डानियल ड्रिउ र ह्‍यारी मानेन्तीले समान २९ रन बनाए ।

नेपालका करण केसी, शाहब आलम र रुपेश सिंहले २-२ विकेट लिँदा कुशल भुर्तेल र करण केसीले १-१ विकेट लिए ।

यसअघि आजै विहान भएको पहिलो अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो ।

टप एन्ड टी-२० सिरिज समाप्त भएपछि नेपालले मंगलबार भएको दुवै अभ्यास खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराएको थियो ।

टप एन्ड टी-२० सिरिजमा नेपाल ११ टिममध्ये आठौं भएको थियो ।

नेपालको आगामी विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया टुर महत्वका साथ हेरिएको छ ।

नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय