
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘अभिमन्यु : च्याप्टर १’को ट्रेलर सार्वजनिक भएको छ।
- ट्रेलरमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, सरिता गिरी र प्रकाश दाहालको अभिनय छ।
- फिल्म भदौ २७ देखि नेपाली र असोज ६ देखि हिन्दी संस्करणमा प्रदर्शन हुनेछ।
काठमाडौं । फिल्म ‘अभिमन्यु : च्याप्टर १’को ट्रेलर सार्वजनिक भएको छ । क्राइम-थ्रीलर फिल्मले मुख्य पात्रले परिवारको खुसीको लागि आत्मसात गर्नुपर्ने बाटो र संघर्षको कथा पेश गर्छ ।
३ मिनेट ११ सेकेन्डको ट्रेलरले कथावस्तु, चरित्र चित्रण र द्वन्द्वबारे प्रकाश पार्छ । ट्रेलरमा फिल्मका प्रमुख कलाकार कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, सरिता गिरी, प्रकाश दाहालको अभिनय छ ।
सुशान्त गौतम निर्देशित फिल्मको पटकथा मुकेश खनालले लेखेका हुन् । सेभेन सिज सिनेमाजको ब्यानरमा निर्माण भएको फिल्मलाई विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गरेका हुन् ।
‘अभिमन्यु’ नेपाली संस्करण भदौ २७ र हिन्दी संस्करण असोज ६ गतेदेखि प्रदर्शन तयारीमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4