+
+
Shares

वाणिज्य विभाग अनुगमन क्यान्टिनतिर, पद्मकन्या क्याम्पस सहित ३ वटालाई ९१ हजार जरिवाना

 विभागले  बिहीबार गरेको बजार अनुगमन क्रममा उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ विपरीत कार्य गर्ने तीन फर्मलाई नगद जरिवाना गरेको हो भने अन्य ११ फर्मलाई सचेत गराएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते १९:१९

१२ भदौ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका विभिन्न १४ वटा फर्मलाई कारबाही गरेको छ ।

विभागले  बिहीबार गरेको बजार अनुगमन क्रममा उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ विपरीत कार्य गर्ने तीन फर्मलाई नगद जरिवाना गरेको हो भने अन्य ११ फर्मलाई सचेत गराएको छ ।

विभागका अनुसार तीन फर्मलाई कुल ९१ हजार रुपैयाँ जरिवाना तिराइएको छ । काठमाडौं महानगरपालिका–२४ को न्यु सनसाइन वेड्स सपलाई उपभोक्ता संरक्षण ऐनको दफा ३८ ९ट० बमोजिमको कसुरमा ५१ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

यस्तै काठमाडौं महानगरपालिका–२८ स्थित पद्यकन्या क्याम्पसको बागेश्वरी चमेनागृह ९क्यान्टिन० र ललितपुर महानगरपालिका–२० को आरएन इन्टरप्राइजेज प्रालिलाई उपभोक्ता संरक्षण ऐनको दफा ३८ ९ख० बमोजिम कसुरमा समान २०–२० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

अनुगमन क्रममा चार वटा क्यान्टिन तथा क्याफ्टेरियालाई आवश्यक कागजात सहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

निर्देशन पाउनेमा काठमाडौं–११ को नेसनल क्याफेटेरिया, काठमाडौं–२८ को जीएन्डबी क्याफे सप, निर्मल क्यान्टिन एन्ड इभेन्ट म्यानेजमेन्ट ९नेपाल ल क्याम्पस क्यान्टिन० र एसएम फुड जोन ९आरआर क्याम्पस क्यान्टिन० छन् ।

विभागले अहिले क्यान्टिन तथा क्याफेटेरिया लक्षित गरी अनुगमन गरिरहेको जानकारी दिएको छ । आज अनुगमन गरिएका सरकारी क्यान्टिनहरूले सम्झौता गरिएको भन्दा बढी मूल्यमा खानेकुरा बिक्री गरी उपभोक्ता ठगेको, मेनुमा मूल्य उल्लेख नगरेको र बिलबिजक जारी नगरेको पाइएको थियो ।

यसैगरी विभागले अन्य ७ फर्मलाई सामान्य निर्देशन दिएर सचेत गराएको छ । जसमा फर्निचर, कार्पेट, आयल स्टोर्स, अस्पतालका फार्मेसी र रेस्टुरेन्ट छन् ।

यसरी निर्देशन पाउनेमा तत्व फर्निसिङ, लुम्बिनी कार्पेट, दक्षिणकाली आयल स्टोर्स, अल्का हस्पिटलको फार्मेसी युनिट, स्पोर्ट्स भेन्चर्स, लिटिल किङ्स तन्दुरी र सेलेक्सन ट्रेड कन्सर्न छन् ।

विभागले ‘स्वच्छ र प्रतिस्पर्धी बजार : उपभोक्ता संरक्षणको दिगो आधार’ भन्ने नारासहित बजारलाई स्वच्छ र उपभोक्तामैत्री बनाउन अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?