News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपको अन्तिम खेलमा आयोजक भुटानसँग पौने ६ बजे खेल्दै छ।
- नेपालले ५ खेलमा १ जितसहित ३ अंक जोडेर उपाधि सम्भावना गुमाइसकेको छ।
- प्रतियोगितामा भारत १५ अंकसहित च्याम्पियन बनेको छ भने बंगलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा छ।
१५ भदौ, काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपको आफ्नो अन्तिम खेलमा नेपालले आज आयोजक भुटानसँग खेल्दै छ ।
भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ ।
नेपाल यसअघि नै उपाधि होडबाट बाहिरिसकेको छ । ५ खेलमा १ जित मात्र निकालेको नेपालको उपाधि सम्भावना सकिएको हो ।
नेपालले भुटानसँगको खेलमा जित निकाल्दा भारत र बंगलादेशँग २-२ पटक पराजित भएको छ ।
पहिलो खेलमा भारतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको नेपालले भुटानलाई २-१ गोलअन्तरले हराएको थियो भने तेस्रो र चौथो खेलमा बंगलादेशसँग ३-० र ४-१ ले पराजित भएको थियो । त्यसपछि भारतसँग ५-० ले पराजित भयो ।
डबल राउण्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा हाल भारत ५ खेलमा १५ अंक जोडेर च्याम्पियन बनिसकेको छ भने बंगलादेश ५ खेलमा १२ अंक जोडेर दोस्रोमा छ । नेपाल ३ अंक जोडेर तेस्रोमा छ । जितविहीन भुटान चौथोमा छ ।
नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली मात्र सहभागी रहेको प्रतियोगितामा सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्ने प्रावधान छ ।
नेपाली टोली
झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी बिक, ज्ञान्शु डोल्मा लो, पूर्णिमा तादी, अनु माझी, मिन माया श्रेष्ठ, अंशु बिक, डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, रबिना बिक, सहारा लिम्बु, बब्टिका कार्की, भूमिका बुढाथोकी, अशिका कार्की, सिर्जना बडुवाल, अस्मिता मगर, यम कुमारी बिक, अनिता राना मगर, दिक्षा रनपाल।
प्रतिक्रिया 4