+
+
Shares

ट्रान्सफर्मर घोटाला प्रकरणको अन्तिम सुनुवाइ सुरु 

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १५ गते १३:१२

१४ भदौ, काठमाडौं । ट्रान्सफर्मर खरिद प्रकरणमा भएको अनियमितताबारेको अन्तिम सुुनुवाइ सुरु भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको इजलासमा अन्तिम बहस सुरु भएको हो । बिहीबारबाट सुरु भएको अन्तिम बहस शुक्रबार पनि जारी रह्यो । मुद्दा हेर्दाहेर्दैमा राखेर आइतबार पनि बहस चल्नेछ ।

लामो समय पेशी नै नतोकिँदा सुनुवाइ हुन नसकेको यो मुद्दामा करिब आठ वर्षपछि अन्तिम बहस सुरु भएको छ । २७ कात्तिक २०७४ मा सर्वोच्च अदालतमा यो मुद्दा दर्ता भएको थियो । त्यसपछि जम्मा एक पटक मात्रै पेशी तोकिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७० सालमा दुई चरणमा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

अख्तियारले विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक जिवेन्द्र झा रामेश्वर यादवसँगै १८ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । दोस्रो चरणमा विदेशी एजेन्ट र प्राधिकरणका अन्य कर्मचारीविरुद्ध मुद्दा दायर गरेको थियो । जसमा ट्रान्सफर्मर खरिद प्रकरणमा प्राधिकरणलाई ५० करोड रुपैयाँ हानी पुर्‍याइएको दाबी थियो ।

यो मुद्दामा १७ चैत २०७३ मा विशेष अदालतले विदेशी कम्पनीसहित २५ जनालाई दोषी ठहर गरेको थियो । उनीहरूबाट ४६ करोड रुपैयाँ असुलउपर गर्न आदेश दिएको थियो । विशेषको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन भएको थियो ।

साहभान्त इलेक्ट्रिक कम्पनीसँग आधारभूत मापदण्ड विपरीत खरिद सम्झौता गरेको र ट्रान्सर्फमरमा प्रयोग भएको तार कवोल गरेभन्दा आधा क्षमताको मात्रै मेल खाने भएकाले बदनियतपूर्वक कम तौल र साइजका तामाको तार प्रयोग गरी भ्रष्टाचार गरेको अख्तियारले उल्लेख गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?