
१५ भदौ, काभ्रेपलाञ्चोक । अक्षरमार्गले आफ्नो तेह्रौं वार्षिकोत्सवको अवसरमा ७ जना स्रष्टालाई सम्मान गरेको छ । अक्षरमार्गले प्रत्येक वर्ष वार्षिकोत्सवको अवसर पारेर विभिन्न श्रष्टाहरूलाई सम्मान गर्दै आएको छ ।
यसरी सम्मानित हुने स्रष्टाहरूमा विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट वरिष्ठ साहित्यकार तथा महाकाव्यकार श्रीहरि फुयाँल नुवाकोट, श्रीराम अक्षरमार्ग स्मृति सम्मानबाट काजी रोशन बागलुङ, कृष्णसेन अक्षरमार्ग साहित्यिक पत्रकार सम्मानबाट शशि पन्थी गुल्मी रहेका छन् ।
यसैगरी, नरबहादुर अक्षरमार्ग सम्मानबाट अन्जना बस्ती भट्टराई कीर्तिपुर, कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मानबाट तिलक प्रकाश कायस्थ भक्तपुर, ध्रुवमीरा मिराज सम्मानबाट डा तुलसी गौतम सुनसरी, अक्षरमार्ग भरतराज काभ्रेली गौरव सम्मानबाट डा. सुमनराज ताम्राकार सम्मानित भएका छन् ।
उनीहरूलाई वरिष्ठ साहित्यकार बैरागी काइँला, प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. लक्ष्मण गौतम, वियोगी बुढाथोकी, प्रा.डा. कुमार कोइरालाले सम्मानपत्र, मायाको चिनो, माला, दोसल्ला, टीका र नगदसहित सम्मान समर्पण गरेका थिए ।
प्रतिक्रिया 4