+
+
Shares

अनलाइनखबरकर्मी घिमिरेसहितका पत्रकार सम्मानित

पत्रकार महासंघ ललितपुरका अध्यक्षहरू एउटै पुस्तकमा अभिलेख

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १५ गते १४:५९

१५ भदौ, काठमाडौं । अनलाइनखबरकर्मी विनोद घिमिरेसहितका पत्रकारहरू सम्मानित भएका छन् ।

शनिबार नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्षहरूको बायोग्राफी, पार्षदहरूको विवरण र महासंघको हालसम्मको गतिविधि समेटिएको पुस्तक विमोचन कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।

 महासंघको संस्थागत विकासमा सहयोग गरेको भन्दै उनीहरूलाई सम्मान गरिएको जनाइएको छ ।

‘यो पुस्तकमार्फत अग्रजहरुको अभिलेखीकरण गरिएको छ’ नेपाल पत्रकार महासंघ ललितपुर शाखा अध्यक्ष रामहरि कार्कीले भने, ‘यो हाम्रो  मार्गदर्शन गर्नेहरुप्रति सम्मान हो ।’ त्यसैले ‘इतिहास नेतृत्वको, कथा महासंघ’को थिममा रहेर पुस्तकको नाम नै ‘मार्गदर्शक’ राखिएको अध्यक्ष कार्कीले बताए ।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाले प्रकाशित गरेको सो पुस्तक शनिबार महालक्ष्मीस्थानमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणा, बागमती प्रदेशसभा सदस्य उर्मिला लामा, ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा र न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले सामूहिक रुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता राणाले सूचनाप्रविधिको युगसँगै व्यावसायिक पत्रकारितामा चुनौती थपिएको टिप्पणी गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुर शाखामा आबद्ध पत्रकारहरुका यसै वर्ष एसईई र प्लस–टु उत्तीर्ण छोराछोरीहरुलाई सम्मान समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?