
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई) प्रस्तावमा नेपाल सहमत भएको विषयमा सरकारसँग स्पष्टता माग गरेको छ।
- सांसद दिलेन्द्र प्रसाद बडूले प्रतिनिधि सभामा छलफलको एजेण्डामा नआएको जिएसआई प्रस्तावमा नेपाल सहमत भएको विषय विज्ञप्तिमा कसरी आयो ? भनेर प्रश्न उठाएका छन्।
- प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्तामा जिएसआई प्रस्ताव छलफलको एजेण्डामा नरहेको र भ्रमण टोलीले पनि छलफल नभएको बताएका छन्।
१८ भदौ, काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने विषयमा स्पष्ट गर्न सरकारसँग माग गरेको छ ।
बुधबार प्रतिनिधि सभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले यस्तो आग्रह गरेका हुन् ।
‘… छलफलको एजेण्डामा नै नआएको भनिएको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने विषय विज्ञप्तिमा उल्लेख भएर आयो किन र कसरी ?’ सांसद बडूको प्रश्न छ ।
यो विषयमा सरकारले स्पष्ट गर्नुपर्ने उनको माग छ । सांसद बडूले अगाडि भनेका छन्, ‘यस सन्दर्भमा प्रधानमन्त्रीको सचिवलाय र परराष्ट्र मन्त्रालयले समयमै स्पष्ट गर्नुपर्ने हुन्छ ।’
यही भदौ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता गरेका थिए । उक्त भेटमा प्रधानमन्त्री ओलीले लिपुलेकबारे विगतदेखि भइरहेको कुटनीतिक पहल र प्रेषित प्रोटेस्ट नोटहरू समेतको पृष्ठभूमिमा नेपालको प्रष्ट कुरा राखेका थिए ।
उक्त भेटमा छलफलको एजेण्डामा नै नआएको भनिएको जीएसआई प्रस्तावमा नेपाल सहमत भएको भन्ने विषय चिनियाँ परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी प्रधानमन्त्रीको सचिवालयका अधिकारीहरूले भने जीएसआई प्रस्तावबारे छलफल नै नभएको बताउँदै आएका छन् ।
प्रतिक्रिया 4