+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
सामाजिक सञ्जाल :

सञ्‍चार मन्त्रालयले भन्यो : हामी कुरिरहेका छौं, अहिलेसम्म दर्ता गर्न कोही आएका छैनन्

‘हामी कुरिरहेका छौँ। आज दिनभर समय छ। तर कुनै प्रगति भएको छैन। कुनै सामाजिक सञ्जाल दर्ता गर्न आएका छैनन्,’ ठाकुरले अनलाइनखबरसँग भने, ‘अब भरेसम्म कोही दर्ता हुन नआए के गर्ने भन्ने निश्चित छैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १८ गते १५:४०

१८ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजको समयसीमा सकिँन लाग्दा पनि सामाजिक सञ्जाल दर्ता प्रक्रियामा कुनै प्रगति नभएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले कुनै पनि सामाजिक सञ्जालले अहिलेसम्म दर्ता प्रक्रिया सुरु नगरेको बताए ।

‘हामी कुरिरहेका छौँ। आज दिनभर समय छ। तर कुनै प्रगति भएको छैन। कुनै सामाजिक सञ्जाल दर्ता गर्न आएका छैनन्,’ ठाकुरले अनलाइनखबरसँग भने, ‘अब भरेसम्म कोही दर्ता हुन नआए के गर्ने भन्ने निश्चित छैन ।’

यसअघि टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइट गरी पाँच प्लेटफर्म सूचीकरण भइसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?