+
+
Shares

सरकार पौडेलको टीमले ल्यायो लोकपप म्युजिक भिडियो ‘झुटी’

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १८ गते १०:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकार पौडेलको टीमले नेपाली लोकपप गीत 'झुटी' युट्युबमार्फत बजारमा ल्याएको छ।
  • गीतको शब्द-संगीत र आवाज सरकार पौडेलकै रहेको छ भने म्युजिक भिडियो मोहम्मद नामिरले छायांकन गरेका छन्।
  • गीतले सामाजिक सञ्जालमा भेट्दा अर्कै देखिने प्रेमले युवामा तनाव उत्पन्न हुने सन्देश दिएको छ।

१८ भदौ, काठमाडौं । सरकार पौडेलको टीमले नेपाली लोकपप गीत झुटी लिएर आएको छ ।

युट्युबमार्फत सरकार पौडेल, शिवम, सारा केसी, नवराज कार्की, विशाल कुमार र धोनीजोरियाको टीमले उक्त गीत बजारमा लिएर आएका हुन् ।

गीतको शब्दसंगीत सरकार पौडेलकै रहेको छ भने आवाज पनि उनैले दिएका छन् । गीतको म्युजिक भिडियोको छायांकन मोहम्मद नामिरले गरेका छन्।

उक्त गीतको म्युजिक भिडियोमा साकार, शिवम, सारा, नवराज, विशाल र धोनीजोरियाले अभिनय गरेका छन् ।

म्युजिक भिडियवको सम्पादन भने पुजन परियारले गरेका छन् । गीतमा सामाजिक सञ्जालमा लभ परेको माया प्रेम भेट्दा अर्कै देखिएपछि युवा तनावमा परेको देख्न सकिन्छ।

अहिले सामाजिक सञ्जालमा एउटा फोटो राख्‍ने र पछि भेट्न जाँदा अर्कै आउने भएकाले धेरै युवायुवतीहरू फस्ने रेकोभन्‍दे चेत रहन यो गतले सन्देश दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?