+
+
Shares

धीरज-मिरुनाको ‘मैझारो’ तिहारमा आउने, ७ कात्तिकमा प्रदर्शन तय

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २० गते १२:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'मैझारो' तिहार छेकोमा ७ कात्तिकदेखि प्रदर्शनमा आउने भएको छ।
  • निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै रिलिज घोषणा गरेका हुन्।
  • विल्सनविक्रम राई निर्देशित फिल्मले पूर्वी पहाडको प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धलाई चित्रण गर्छ।

काठमाडौं । धीरज मगर, मिरुना मगर र दीया पुन स्टारर फिल्म ‘मैझारो’ तिहार छेकोमा ७ कात्तिकदेखि प्रदर्शनमा आउने भएको छ ।

निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै रिलिज घोषणा गरेका हुन् । यसअघि कात्तिक ६ मा ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ले प्रदर्शन मिति घोषणा गरिसकेका छन् ।

भाइटीकामा अब त्रिपक्षीय भीडन्त तय भएको छ ।

‘मैझारो’को कुरा गर्दा, विल्सनविक्रम राई निर्देशित फिल्मले पूर्वी पहाडको प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धलाई चित्रण गर्छ ।

फिल्ममा बुद्धि तामाङ, सुनिल थापा, पुष्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बुको पनि अभिनय छ । ‘तक्मे प्रोडक्सन’को ब्यानरमा फिल्म निर्माण भैरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?