
News Summary
Generated by OK AI. Editorially reviewed.- हलिउड फिल्म ‘अवतार २’ १६ असोजमा विश्वभर पुनः प्रदर्शनमा आउने भएको छ।
- नेपालमा ‘अवतार २’लाई एप्पल इन्टरटेनमेन्टले रि-रिलिज गर्न लागेको हो।
- ‘अवतार २’ पुनः प्रदर्शनमा आउँदा दर्शकले तेस्रो श्रृंखलाको ट्रेलर पनि हेर्न पाउनेछन्।
काठमाडौं । हलिउडको बहुचर्चित फिल्म ‘अवतार २’ १६ असोजमा विश्वभरि पुनः प्रदर्शनमा आउने भएको छ ।
विजयादशमीको दिनमा विहिबार फिल्म रिलिज हुनेछ । यो फिल्मलाई नेपालमा एप्पल इन्टरटेनमेन्टले रि-रिलिज गर्न लागेको हो ।
४ पुसमा रिलिज हुन लागेको ‘अवतार’को बहुप्रतीक्षित तेस्रो श्रृंखला ‘फायर एण्ड एस’ रिलिजको अघि निर्माताले दोस्रो सिक्वेललाई पुनः प्रदर्शन गर्न लागेका हुन् ।
दोस्रो श्रृंखला नहेरेका दर्शकलाई हेर्ने अवसर दिलाउन र स्मृतिलाई ताजा तुल्याउन निर्माताले बजारीकरणको रणनीतिको हिस्साअनुसार यसलाई रि-रिलिज गर्न लागेका हुन् ।
यसअघि पनि दोस्रो भाग रिलिजअघि पहिलो भागको पुनः प्रदर्शन गरिएको थियो । रोचक के छ भने ‘अवतार २’ पुनः प्रदर्शनमा आउँदा दर्शकले तेस्रो श्रृंखलाको ट्रेलर समेत हेर्न पाउनेछन् ।
ट्रेलर नै आउने भएपछि दर्शकलाई हलसम्म तान्ने यो काइदा प्रभावकारी हुने अपेक्षा छ । जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार’का फ्रेन्चाइजी विश्वभर सर्वाधिक कमाउने फिल्म हुन् ।
सन् २००९ मा रिलिज भएको ‘अवतार’को पहिलो भागले विश्वब्यापी २.९३ बिलियन अमेरिकी डलर कमाएको थियो । दोस्रो भागले २.३२ बिलियन अमेरिकी डलर कमाएको थियो ।
प्रतिक्रिया 4