
२० भदौ, काठमाडौं । सामाजिक सञ्जालहरूको सूचीमा हाम्रो पात्रो सूचीकृत भएको छ ।
सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा शुक्रबार हाम्रो पात्रोले आफ्नो एप्स सूचीकृत गरेको हो । मन्त्रालय स्रोतले हाम्रो पात्रो सूचीकृत भएको अनलाइखबरलाई जानकारी दिएको छ ।
हिजोमात्रै सरकारले विभिन्न २६ वटा सामाजिक सञ्जालहरू सूचीकृत नभएको भन्दै बन्द गर्ने निर्णय गरेको थियो ।
धेरै प्रयोगमा आउने फेसबुक भने हिजोबाटै केही इन्टरनेट सेवा प्रदायकहरूले चल्न रोक लगाएका थिए ।
सरकारको यो निर्णयको धेरैले विरोध गरिरहेका छन् भने केहीले स्वागत पनि गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4