+
+
Shares

काभ्रेमा हेलिकप्टरबाट गर्भवतीको उद्धार

कपिल कोइराला कपिल कोइराला
२०८२ भदौ २२ गते १६:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिकाबाट १९ वर्षीया गर्भवती आयुष्मा भ्लोनलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
  • आयुष्मालाई सुत्केरी व्यथा लागेपछि तालढुंगा स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो तर १८ घण्टासम्म सुत्केरी हुन नसकेपछि काठमाडौं पठाइएको छ।
  • डाँडापारी क्षेत्रमा वर्षातका कारण बाटो अवरुद्ध भएपछि हेलिकप्टरमार्फत उद्धार गर्नु परेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए।

२२ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिकाबाट सुत्केरी हुन नसकेकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार १९ वर्षीया गर्भवती महिला आयुष्मा भ्लोनको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

आषुष्मालाई शनिबार बिहान १० बजे बजेदेखि सुत्केरी व्यथा लागेपछि तालढुंगा स्वास्थ्य चौकीमा भर्ना  गरिएको थियो । तर आइतबार बिहानसम्म सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उनको उद्धार गरिएको अध्यक्ष थिङले बताए ।

गर्भवती महिलाको स्वास्थ्य अवस्था बिग्रँदै गएका कारण हेलिकप्टरबाट उनको उद्धार गरी काठमाडौंको थापाथली स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पठाइएको उनको भनाइ छ ।

भर्ना भएको १८ घण्टा बित्दा समेत सुत्केरी हुन नसकेपछि उनलाई काठमाडौं पठाइएको तालढुंगा स्वास्थ्य चौकीकी अनमी रञ्जु कोइरालाले जानकारी दिइन् ।

डाँडापारी क्षेत्रमा कच्चीसडक सञ्जाल मात्रै भएको र अहिले वर्षातको कारण बाटो अवरुद्ध भएर सवारी साधनसमेत चल्न नसकेकाले हेलिकप्टरमार्फत उद्धार गर्नु परेको अध्यक्ष थिङको भनाइ छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?