+
+
Shares

गगन–विश्वलाई देउवाले भने : प्रधानमन्त्रीसँग छलफल गरेर निकास खोज्छु

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १३:३६

२३ भदौ, काठमाडौं । नेपाली कांग्रेस दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासँग सामाजिक सञ्जाल बन्द र जेनजी पुस्ताको प्रदर्शनका विषयमा सोमबार छलफल गरेका छन् ।

सभापति देउवालाई उनको निवास बुढानिलकण्ठमा पुगेर महामन्त्री थापा र शर्माले चार बुँदे प्रस्ताव राखेका छन् । उक्त प्रस्तावमा सभापति देउवा सकरात्मक रहेको कांग्रेस स्रोतले जानकारी गराएको छ ।

महामन्त्री थापा र शर्माले जेनजी पुस्ताको भावना, विद्यार्थीलाई परेको असर, विदेशमा रहेका छोराछोरीसँग कुराकानी गर्न आमाबाबुलाई परेको अप्ठ्यारो लगायतमा सभापतिलाई जानकारी गराएका थिए ।

सामाजिक सञ्जाल बन्दले गर्दा नजिकिएको चाडबाड र संगीत उद्योग एवं डिजिटल प्लेटफर्म माध्यमका सबै व्यवसायी समेतलाई परेको पर्ने हुुँदा सरकारी निर्णय फिर्ता गर्नुपर्ने विचार दुई महामन्त्रीले सभापति देउवासँग राखेका थिए ।

सामाजिक सञ्जाल दर्ताका लागि सूचना जारी गरेर मात्र नहुनेन र कुटनीतिक प्रक्रिया पनि अघि बढाउनुपर्ने राय महामन्त्री थापा र शर्माले दिएका थिए । जेनजी पुस्ताको भावना आत्मसात गर्न सरकार सकारात्मक रुपले प्रस्तुत हुनुपर्ने तर्फ दुई महामन्त्रीले सभापतिको ध्यानाकर्षण गराएका थिए ।

सभापति देउवाले दुई महामन्त्रीको सुझावलाई सकरात्मक रुपमा लिँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज वा भोलि नै संवाद गर्ने जानकारी गराएका थिए । सभापति देउवाले कांग्रेसबाट मन्त्री बनेकाहरूसँग पनि छलफल गर्ने जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?