+
+
Shares

काठमाडौंका सीडीओको आदेश- सार्वजनिक सम्पत्ति तोडफोड भए गोली चलाउनू

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १४:२५

२३ भदौ, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले सुरक्षाकर्मीहरूलाई गोली चलाउने आदेश दिएका छन् ।

उनले सार्वजनिक सम्पत्ति संरक्षणका लागि भन्दै सुरक्षाकर्मीहरूलाई ‘आवश्यक परेमा रबरको गोली हान्नू’ भनी आदेश दिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति रिजालले बताए ।

‘प्रमुख जिल्ला अधिकारीज्यूले सार्वजनिक सम्पत्ति संरक्षणका लागि आवश्यक परेमा बल प्रयोग गर्ने आदेश दिनुभएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘सार्वजनिक सम्पत्तिमाथि आक्रमण भएमा सुरक्षाकर्मीहरूले चेतावनी दिएर सामान्य बल प्रयोग गरे पनि गोली चलाउन पाउने अनुमति भएको हो ।’

सहायक प्रमुख जिल्ला अधिकारीले सोझै कुनै व्यक्तिमाथि गोली प्रहार गर्न आदेश नभएको र रबरको गोली प्रयोग गर्ने हदसम्म मात्रै अनुमति दिइएको बताए ।

तर, अहिलेसम्म कति जनामाथि गोली प्रहार भयो र कति घाइते छन् भन्नेबारे कुनै जानकारी नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?