+
+
Shares

परिस्थितिको आकलन गर्न नसक्नु सरकारको गम्भीर गल्ती: विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले परिस्थितिको आँकलन गर्न नसकेर गम्भीर गल्ती गरेका बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १५:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले जेनजीहरुको आवेग बुझ्न नसकेको र परिस्थितिको आँकलन गर्न गम्भीर गल्ती गरेको बताएका छन्।
  • शर्माले मृतकको संख्या बढेको खबरले आफू स्तब्ध बनेको र सरकारले एक कदम पछाडि हटेर परिस्थिति सम्हाल्नुपर्ने बताए।
  • उनले भने, 'जुनसुकै आमाले जन्माएको भए पनि सबै जेनजी हाम्रा छोराछोरी हुन्' र सरकारले नागरिकको विश्वास लिनुपर्ने जोड दिए।

२३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले परिस्थितिको आकलन गर्न नसकेर गम्भीर गल्ती गरेका बताएका छन् ।

अनलाइनखबरसँग शर्माले जेनजीको आवेग बुझ्नु सरकारको प्राथमिक दायित्व भए पनि परिस्थितिको आकलन गर्न नसकेको बताए । ‘जेनजीहरूमा जे कारणले आवेग छ, त्यो कुराको सम्बोधन गर्नु सरकारको प्राथमिकता दायित्व हो,’ उनी भन्छन्, ‘जुनसुकै आमाले जन्माएको भए पनि सबै जेन-जी हाम्रा छोराछोरी हुन् ।’

मृतकको संख्या बढेको खबरले आफू स्तब्ध बनेको उनले बताए । ‘अब सरकारले एक कदम पछाडि हटेर परिस्थिति सम्हाल्नुपर्छ,’ शर्मा भन्छन्, ‘सरकारले आफ्नो विश्वास थोपरेर मात्र हुँदैन, नागरिकको विश्वास पनि लिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?