
२३ भदौ, विराटनगर । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा आन्दोलनमा उत्रिएको जेनजी युवाहरुको समूहले झापामा प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा ढुंगामुढा प्रहार गरेका छन् ।
प्रदर्शनमा उत्रिएका जेनजीलाई प्रहरीले रोकेपछि दमकस्थित निवासबाट करिब १ मिटर टाढाबाट ढुंगामुढा प्रहार गरेका हुन् ।
सोमबार दिउँसो दमक नगरपालिकाको कार्यालय अगाडि प्रदर्शन र आगजनीपछि आन्दोलनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको निवासतर्फ लागेका थिए ।
निवास पुग्नबाट प्रहरीले रोकेको झापाका प्रहरी उपरीक्षक राजन लिम्बूले जानकारी दिए । प्रहरीले सामान्य बल प्रयोग गरेर प्रदर्शनकारीलाई प्रधानमन्त्रीको निवास अगाडिबाट हटाएको उनले बताए ।
सोमबार दिउँसो दमक नगरपालिका अगाडि प्रदर्शनकारीले आगजनी गरेका थिए । नगरपालिका अगाडि प्रदर्शनकारीले आगजनी गरेपछि प्रहरीले गोली चलाएको थियो ।
गोली लागेर एक जना घाइते भएका छन् ।
प्रतिक्रिया 4