+
+
Shares

बानेश्वरमा आन्दोलनमा जेन-जीका अभिभावक, सबै जेनजी मेरा छोराछोरी हुन्

आउन थाले अभिभावक पनि

आन्दोलनमा अभिभावक पनि स्वस्फूर्त आएका हुन् । बानेश्वर संसद भवन परिसरमा सेना र प्रहरी परिचाल गरिएको छ । केहीबेर झडप समेत भएको थियो । युवाहरूले अहिले पनि बानेश्वरमा प्रर्दशन गरिरहेका छन् ।

कौशल काफ्ले सापेक्ष कौशल काफ्ले, सापेक्ष
२०८२ भदौ २४ गते १०:४३

२४ भदाै, काठमाडाैं । संसद भवन परिसरमा मंगलबार पनि बिहानैदेखि युवाले प्रर्दश नगरिरहेका छन्  ।

सोमबार जेन-जीको आन्दोलनमा प्ररहरीले दमन गरेपछि मंगलबार पनि बानेश्वरमा युवाले प्रर्दशन गरिरहेका छन् । १९ जनाको मृत्यु भएपछि  आजको आन्दोलनमा अभिभावकहरू पनि पुगेका छन् ।

‘हिजोको घटना देखेपछि सम्हाल्न सकिनँ । हिजो दिनभर रुदै लाइभ हेरेँ । धेरै गाह्रो बनायो । मेरो छोराछोरीजस्तै त थिए ती ।  के थियो र तिनीहरुसँग ? कलम ? ड्रेस? हदै भए ढुङ्गा? के गोली हान्नुपर्थ्यो र?,’ ५२ वर्षिया गोमा आस्थाले प्रश्न गरिन् ।

आन्दोलनमा अभिभावक पनि स्वस्फूर्त आएका हुन् । बानेश्वर संसद भवन परिसरमा सेना र प्रहरी परिचाल गरिएको छ । केहीबेर झडप समेत भएको थियो । युवाहरूले अहिले पनि बानेश्वरमा प्रर्दशन गरिरहेका छन् ।

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?