+
+
Shares

स्कूल ड्रेसमा प्रदर्शनमा आएका विद्यार्थी भन्छन्- ‘हिजोको भिडियो देखेर आयौं’

उनले भनिन्,‘ भिडियोमा हेरेर आज आन्दोलनमा आएको हो । टाउको टाउको ताकेर गोली हान्दा रिस उठेको छ ।’

सापेक्ष सापेक्ष
२०८२ भदौ २४ गते १०:५२

२४ भदौ, काठमाडौं । दोस्रो दिनको प्रदर्शनमा पनि कतिपय विद्यार्थीहरू विद्यालय ड्रेसमा आएका छन् । भक्तपुरबाट सिभिल अस्पताल आएर प्रदर्शनमा उत्रेकी दिक्षिता श्रेष्ठले स्कुल ड्रेसमा प्रदर्शन गर्दा प्रहरीले गोली नहान्ने आशासहित आएको बताइन् ।

सिभिल अस्पताल अघि भइरहेको प्रदर्शनमा विद्यार्थीहरू देखिएका छन् । प्रहरीले स्कुल ड्रेसमा गोली हान्दैन भनेर आन्दोलनमा आएको विद्यार्थीको भनाइ छ ।

भक्तपुर नगरपालिका बस्ने दीक्षिता श्रेष्ठले हिजो प्रहरीले स्कुल ड्रेसमा गोली हानेता पनि आज त्यस्तो गल्ती गर्दैन भनेर आएको बताइन् । हिजो सरकारले दमन गरेको उनले बताइन् ।

उनले भनिन्,‘ भिडियोमा हेरेर आज आन्दोलनमा आएको हो । टाउको टाउको ताकेर गोली हान्दा रिस उठेको छ ।’ परिवारले आन्दोलनमा आउन स्विकृति नदिएपनि आएको उनले सुनाईन् । आफ्नै जोडबलमा आएको बताएकी उनले भनिन्,‘विद्यार्थी साथीहरूको आत्माको चिर शान्तिका लागि पनि आज आएको हो ।

उनी कक्षा ९ मा पढ्छिन् ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?