+
+
Shares

बनेपामा भेटिएको बम सेनाले गर्‍यो डिस्पोज

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २६ गते १०:२३

२६ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ९ नयाँ बस्तीमा भेटिएको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

बस्तीको बीचमा भेटिएको बमलाई बस्ती भन्दा ५ सय मिटर पर लगेर निष्कृय पारिएको श्रीमेयर गण धुलिखेलका गणपति झलक सुवेदीले जानकारी दिए ।

बुधबार साँझ नै बम फेला परेको भए पनि घरहरू नजिक भएको र अँध्यारो भएको कारण नेपाली सेनाको बम बिस्पोजल टोलीले आज बिहान मात्र डिस्पोज गरेको थियो । बस्ती र अध्यारोको कारण बम डिस्पोज गर्न नमिलेपछि रातभर बमलाई नेपाली सेनाले घेरा हालेर सुरक्षित गरेको थियो ।

बनेपामा डेट एक्सपायर भएका ८ वटा सकेट बम फेला परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?