+
+
Shares

संवैधानिक दायरामा देशलाई निकास दिन प्रयास गर्दैछु : राष्ट्रपति

उनले वक्तव्य जारी गर्दै मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न समेत अपिल गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २६ गते १५:२२

२६ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर निकास दिनका लागि आफूले प्रयास गरिरहेको बताएका छन् ।

उनले एक वक्तव्य जारी गरेर उनले यस्तो बताएका छन् ।

‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु,’ उनले वक्तव्यमा भनेका छन् ।

जेनजी आन्दोलनकारीहरूले गरेको उग्र प्रदर्शनपछि राष्ट्रपति रामचन्द्र पौडेल शीतलनिवासबाट नेपाली सेनाको सहयोगमा बाहिरिएका थिए ।

त्यसयता उनी भर्चुअल रुपमा भने देखिएका छैनन् । उनले वक्तव्य जारी गर्दै मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न समेत अपिल गरेका छन् ।

‘आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु,’ राष्ट्रपति पौडेलले विज्ञप्तिमार्फत भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?