+
+
Shares

हेटाैंडामा संविधान रक्षाकाे माग गर्दै युवाहरूकाे प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २६ गते १८:०२

२६ भदाै, हेटाैंडा । हेटाैंडामा संविधान रक्षाकाे माग गर्दै युवाहरू शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका छन् ।

हेटाैंडाकाे मुख्य बजार क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दल निकट युवाहरूले संविधान रक्षा, नागरिक सर्वाेच्चता कायम, सैनिक शासन चाहिँदैन र राष्ट्रपति रामचन्द्र पाैडेललाई सार्वजनिक गर भन्दै नाराबाजी गरेका हुन् ।

निषेधाज्ञा भईरहेकाेले प्रदर्शन राेक्न नेपाली सेना अग्रभागमा खटिएकाे छ । सेनाले राेक्न खाेज्दा पनि युवाहरू प्रतिकारमा उत्रिँदै सडकमा नारा लगाईरहेका छन् ।

प्रदर्शनकाे नेपाली कांग्रेस मकवानपुरका सचिव इश्वर पाठक, एमाले निकट राष्ट्रिय युवा संघ मकवानपुरका अध्यक्ष राजेश नगरकाेटीलगायतका युवाहरूकाे नेतृत्वमा भएकाे छ ।

सीमाचाेकमा भएकाे काेणसभालाई सम्बाेधन गर्दै युवा संघ अध्यक्ष नगरकाेटीले संविधान रक्षाका लागि आजबाट सुरू भएकाे प्रदर्शन नराेकिने र हजाराैं सडकमा उत्रिने चेतावनी दिए ।

प्रदर्शनमा उत्रिका युवाहरूले सार्वजनिक र व्यक्तिगत सम्पति ताेडफाेड र आगजनी भएकाे विराेध जनाउँदै दाेषि पत्ता लगाएर कारबाही गर्न माग गरेका छन् ।

बुधबार हेटाैंडामा भएकाे प्रदर्शनमा दुई दर्जन भन्दा बढी बागमती प्रदेश सरकारका मन्त्रालयसहितका सार्वजनिक संरचना र नेता तथा व्यवसायीहरूकाे निजी सम्पत्तिमा ताेडफाेड र आगजनी भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?