+
+
Shares

भागेका ६२ कैदीबन्दी र बालबन्दी सेनाको नियन्त्रणमा, ९७ नाल हतियार बरामद

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २६ गते १९:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सेनाले धादिङ र काठमाडौंका कारागारबाट फरार भएका ४३ जना कैदीबन्दी र १९ बालबन्दीलाई नियन्त्रणमा लिएको छ।
  • बाँकेको नेपालगञ्जमा भाग्न खोजेका कैदीबन्दीलाई सेनाले रोक्दा झडपमा एक कैदीबन्दी घाइते भएका छन्।
  • काभ्रेपलाञ्चोकमा फेला परेको ८ वटा सकेट बम सेनाले डिस्पोज गरेको छ र भैंसेपाटी प्रहरी चौकी पुनर्स्थापित गरिएको छ।

२६ भदौ, काठमाडौं । कारागारबाट भागेका थप ४३ जना कैदीबन्दी र १९ बालबन्दीलाई नियन्त्रणमा लिएको नेपाली सेनाले जनाएको छ ।

 नेपाली सेनाले दिएको पछिल्लो सुरक्षा अपडेट अनुसार धादिङको गजुरीस्थित धादिङ कारागारबाट भागेका ३९ र काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका ४ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको हो ।

यस्तै बाँकेको डडुवास्थित जयन्दु बालसुधार गृहबाट फरार भएका १६ र डोटीको दिपायल सिलगढीस्थित बालसुधार गृहबाट भागेका ३ जना बालबन्दीलाई सेनाले नियन्त्रणमा लिएको छ ।

बाँकेको नेपालगञ्जमा रहेको जिल्ला कारागारबाट भाग्न खोजेका कैदीबन्दीलाई रोक्न सफल भएको नेपाली सेनाले जनाएको छ । त्यसक्रममा सेनासँग भएको झडपमा एक कैदीबन्दी घाइते भएका छन् ।

नेपाली सेनाका अनुसार हालसम्म सुरक्षाकर्मीबाट खोसिएका ९७ नाल हतियार बरामद भएको छ ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-९ स्थित नयाँ बस्तीमा फेला परेको ८ वटा सकेट बम डिस्पोज गरिएको सेनाले जानकारी दिएको छ ।

जेनजी आन्दोलनका कारण उठेको ललितपुरस्थित भैंसेपाटी इलाकाको स्थानीय प्रहरी चौकी पुनर्स्थापित गरिएको छ । त्यहाँ स्थानीयबासिन्दाले नै सरसफाइ गरी चौकीमा कार्यरत प्रहरीलाई स्वागत गरेका सेनाले सुरक्षा अपडेटमार्फत जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?