News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता दीपकराज गिरीले जेनजी आन्दोलनलाई समर्थन गर्दा धम्की आइरहेको बताएका छन्।
- गिरीले ठूला दलका कार्यकर्ताबाट धम्की आएको संकेत गर्दै आफूलाई उकासेको आरोप लागेको बताए।
- उनले २०४६ सालको जनआन्दोलनमा पनि ठूला दलसँगै रहेको र जेनजीका मुद्दामा समर्थन रहेको उल्लेख गरे।
काठमाडौं । अभिनेता दीपकराज गिरीले जेनजी आन्दोलनलाई समर्थन गर्दा आफूलाई धम्की आउन थालेको बताएका छन् । सामाजिक संजालमा शुक्रबार पोस्ट गर्दै उनले केही दिनअघिदेखि मानिसले आफूलाई धम्काउन थालेको उल्लेख गरे ।
इनबक्स र कलमार्फत धम्कीहरू आइरहेको जनाउँदै उनले आफूमाथि जेनजीलाई उकासेको आरोप लगाइएको बताए । गिरीले घुमाउरो ढंगले ठूला दलका कार्यकर्ताबाट धम्की आइरहेको संकेत गरेका छन् ।
२०४६ सालको जनआन्दोलनमा पनि आफू ठूला दलसँगै आन्दोलनमा हिँडेको स्मरण गर्दै उनले जेनजीले उठाएका सुशासन र भ्रष्टाचारका मुद्दामा अहिले पनि आफ्नो समर्थन रहेको बताएका छन् ।
‘अस्तीको आन्दोलनमा पनि सबै दोषीमात्रै दण्डित भएनन् । कति निर्दोष मान्छेहरू पनि भिक्टिम हुन पुगेको देखेको छु । यदि तपाईंहरूले धम्की दिएजस्तै भयो भने म पनि त्यो सूचीमा थपिनेछु भनेर चित्त बुझाउनु बाहेक मसँग अन्य विकल्प छैन’ उनले भने ।
उनी अघि लेख्छन्, ‘होइन भने यहाँबाट सबैले आ-आफ्नो गल्ती महसुस गरेर क्रान्ति, प्रतिक्रान्ति र बदलाका कुरा छाडेर एकजुट भई पुनः मुलुक निर्माणको बारेमा सोच्नुपर्ने कि ?’
प्रतिक्रिया 4