+
+
Shares

जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न प्रधानमन्त्री कार्की सिभिल अस्पतालमा

शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की उपचाररत घाइतेहरूलाई भेट्न मीनभवनमा रहेको सिभिल अस्पताल पुगेकी हुन् ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ भदौ २८ गते १६:०६
तस्वीर : विकास श्रेष्ठ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले २८ भदौंमा सिभिल अस्पतालमा जेनजी युवाहरूको प्रदर्शनका घाइतेहरूलाई भेटेकी छिन् ।
  • प्रधानमन्त्री कार्कीले उपचाररत घाइतेहरूलाई भेट्न मीनभवनस्थित सिभिल अस्पताल पुगेकी हुन् ।

२८ भदौं, काठमाडौं। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी युवाहरूको प्रदर्शनका घाइतेहरूलाई भेट्न सिभिल अस्पताल पुगेकी छन् ।

शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की उपचाररत घाइतेहरूलाई भेट्न मीनभवनमा रहेको सिभिल अस्पताल पुगेकी हुन् ।

यसअघि प्रधानमन्त्री कार्की वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूलाई भेटेकी थिइन् ।

त्यसपछि उनले जेनजी आन्दोलनका क्रममा आगजनी भएको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जको प्रहरी वृत्तको पनि निरीक्षण गर्ने छिन् । प्रदर्शनकारीहरुको आगजनीमा कोटेश्वरमा केही प्रहरीको मृत्यु भएको थियो ।

जेनजी आन्दोलनमा अहिलेसम्म ५१ जनाको ज्यान गएको छ । सयौं घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।

 तस्वीरहरू :  विकास श्रेष्ठ

   

 

 

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?