+

सालाहको पेनाल्टी गोलमा लिभरपुलको शतप्रतिशत जित

२०८२ भदौ  २९ गते २२:१७ २०८२ भदौ २९ गते २२:१७
सालाहको पेनाल्टी गोलमा लिभरपुलको शतप्रतिशत जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोहमद सालाहले इन्जुरी टाइममा गरेको पेनाल्टी गोलमा लिभरपुलले प्रिमियर लिगमा बर्नलीलाई १-० ले पराजित गरेको छ ।
  • लिभरपुलले लगातार चौथो खेल जितेर १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ ।
  • सालाहले प्रिमियर लिगमा १८८ गोल गरेर चौथो स्थानमा उक्लिएका छन् र आन्द्रे कोललाई पछि पारेका छन् ।

२९ भदौ, काठमाडौं । मोहमद सालाहले इन्जुरी टाइममा गरेको पेनाल्टी गोलमा लिभरपुलले प्रिमियर लिगमा बर्नलीलाई १-० ले पराजित गर्दै शतप्रतिशत जित यात्रालाई कायम राखेको छ ।

लगातार चौथो खेल जितेको लिभरपुल १२ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ ।

बर्नलीको घरेलु मैदानमा भएको खेलमा सालाहले इन्जुरी टाइमको पाँचौ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । ९४औं मिनेटमा लेस्ले उगोचुक्वुले रातो (दोहोरो पहेँलो) कार्ड पाएपछि अन्तिम समयतिर १० खेलाडीमा सिमित भएपनि बर्नलीले साविक विजेता लिभरपुललाई निराश बनाएको थियो । तर बर्नलीका हानिबोलले इन्जुरी टाइममा बल ह्याण्ड गरेपछि लिभरपुलले पेनाल्टी पायो र त्यसमा सालाहले गोल गरे ।

यो गोलसँगै सालाह प्रिमियर लिगमा सर्वाधिक गोल गर्नेमा चौथो स्थानमा उक्लेका छन् । सालाहले लिगमा १८८ गोल गरिसकेका छन् । उनले आन्द्रे कोललाई पछि पारेका हुन् । प्रिमियर लिगमा एलान सियररले सर्वाधिक २६० गोल गरेका छन् । ह्यारी केनले २१३ तथा वायन रुनीले २०८ गोल गरेका छन् । तेस्रो स्थानको रुनी भन्दा सालाह २० गोलले मात्र पछि छन् भने केन भन्दा २३ गोलले पछि छन् ।

प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय