+

म्यानचेस्टर डर्बीमा सिटी विजयी, हालान्डको दुई गोल

२०८२ भदौ  ३० गते ७:३५ २०८२ भदौ ३० गते ७:३५
म्यानचेस्टर डर्बीमा सिटी विजयी, हालान्डको दुई गोल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एर्लिङ हालान्डको दुई गोल मद्दतमा म्यानचेष्टर डर्बीमा सिटीले युनाइटेडलाई ३-० ले पराजित गरेको छ ।
  • फिल फोडेनले १८औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए भने हालान्डले दोस्रो हाफमा दुवै गोल गरे ।
  • सिटीले ४ खेलबाट ६ अंक जोडेर आठौं स्थानमा उक्लेको छ ।

३० भदौ, काठमाडौं । एर्लिङ हालान्डको दुई गोल मद्तमा प्रिमियर लिग अन्तर्गत म्यानचेष्टर डर्बीमा सिटीले युनाइटेडलाई ३-० ले पराजित गरेको छ । सिटीका लागि अर्को एक गोल फिल फोडेनले गरे ।

घरेलु मैदान एतिहाड स्टेडियममा भएको डर्बी खेलमा जित हात पारेपछि सिटीलाई केही राहत भएको छ ।

फोडेनले १८औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसमा हालान्डले दोस्रो हाफमा दुई गोल थपे । नर्वेजियन स्ट्राइकर हालान्डले ५३औं र ६८औं मिनेटमा गोल गरे ।

यस सिजन दोस्रो जित हात पारेको सिटी ४ खेलबाट ६ अंक जोडेर आठौं स्थानमा उक्लेको छ ।

उता दोस्रो हार व्यहोरेको युनाइटेडको भने ४ खेलबाट ४ अंकसहित १४औं स्थानमा छ ।

प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय