
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा मन्त्री कुलमान घिसिङ र गृह मन्त्री ओमप्रकाश अर्याललाई शपथ गराउनुभयो।
- राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले मन्त्रीहरूको शपथग्रहण कार्यक्रममा सहभागी हुनुभएको छ, प्रतिनिधिसभा विघटन भएपनि उहाँको पद यथावत छ।
- सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना दुवै सार्वजनिक समारोहमा अनुपस्थित रहनुभएको छ, प्रतिनिधिसभा विघटनपछि पनि उहाँहरूको पद यथावत छ।
३० भदौ, काठमाडौं । शितलनिवासस्थित राष्ट्रपति कार्यालयमा सोमबार तीन मन्त्रीहरूको शपथ हुँदा सभामुख र उपसभामुख दुई संवैधानिक पदाधिकारी अनुपस्थित भएका छन् ।
निर्वाचन घोषणा भइसकेकाले निर्वाचनको मनोनयन गरेको दिनसम्म सभामुख र उपसभामुखको पद रहने प्रावधान छ । तर सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना समारोहमा उपस्थित भएनन् ।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुलाई शपथ गराएका थिए ।
अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालको शपथ लिएका हुन् ।
प्रधानमन्त्रीको शपथ ग्रहणमा नदेखिएका राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल भने सोमबार मन्त्रीहरुको सपथमा उपस्थित थिए ।
प्रतिनिधिसभा विघटन भएपनि राष्ट्रिय सभा क्रियाशील भएकाले राष्ट्रिय सभाका अध्यक्ष दाहालको पद पनि यथावत छ । उनी मन्त्रीहरूको शपथमा गए ।
सभामुख देवराज घिमिरे भने जेन–जी आन्दोलनपछि दुई सार्वजनिक समारोहमा देखा परेनन् । दुई दिनअघिको प्रधानमन्त्रीको शपथग्रहण र सोमबारको मन्त्रीहरूको शपथमा उनी अनुपस्थित रहे ।
प्रतिक्रिया 4