+
+
Shares

अर्थतन्त्रका वाह्य सूचक सबल, निजी क्षेत्रतर्फको कर्जा ऋणात्मक

यो अवधिमा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रतर्फ प्रवाह गर्ने कर्जा २ अर्ब ९२ करोड रुपैयाँ ऋणात्मक भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३० गते २०:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साउन महिनामा निजी क्षेत्रतर्फ बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा २ अर्ब ९२ करोड रुपैयाँ ऋणात्मक भएको छ।
  • नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरूले कर्जा लगानी घटाएपछि निजी क्षेत्रको कर्जा ०.१ प्रतिशतले नकारात्मक भएको हो।
  • चालु आर्थिक वर्ष साउन मसान्तमा विदेशी विनिमय सञ्चिति २८ खर्ब ६ अर्ब ४ करोड पुगेको छ, जसले २०.४ महिनाको वस्तु आयात धान्न सक्छ।

३० भदौ, काठमाडौं । चालु आर्थिक वर्ष पहिलो महिना साउनमा निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा ऋणात्मक भएको छ ।

यो अवधिमा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रतर्फ प्रवाह गर्ने कर्जा २ अर्ब ९२ करोड रुपैयाँ ऋणात्मक भएको हो ।

बैंकहरूले कर्जा लगानी बढाउने भन्दा पनि पुरानो कर्जासमेत घटाएपछि निजी क्षेत्रतर्फको कर्जा लगानी ऋणात्मक हुन पुगेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार उक्त अवधिमा बैंक तथा वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा ०.१ प्रतिशतले नकारात्मक हुन पुगेको हो ।

बैंकहरूले कर्जा लगानी बढाउने भन्दा पनि पुरानो कर्जासमेत घटाएपछि निजी क्षेत्रतर्फको कर्जा लगानी ऋणात्मक हुन पुगेको हो ।

निजी क्षेत्रमा प्रवाह हुने कर्जाबाहेक अर्थतन्त्रका अन्य सूचकमा भने उच्च सुधार देखिएको छ ।

चालु आव साउन १ खर्ब २९ अर्ब रुपैयाँ विदेशी विनिमय सञ्चिति थप भएको छ ।

२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति साउन मसान्तमा २८ खर्ब ६ अर्ब ४ करोड पुगेको हो ।

साउनको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.४ महिनाको वस्तु आयात र १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?